रसुवा ।
रसुवागढी क्षेत्रको लेन्डे खोला हुँदै आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा ठूलो क्षति पुगेको छ। कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किएका ५० जना नेपाली र ४ जना विदेशी तीर्थयात्री स्याफ्रुवेशी–टिमुरे सडक अवरुद्ध हुँदा टिमुरेमा अलपत्र परेका छन्। उनीहरूको हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ।
नेपाल–चीन सिमानाक्षेत्रको भोटेकोशीमा आएको बाढीबाट १९ जना सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरीका डीआईजी अरुण पौडेल र ट्राफिक प्रहरी प्रमुख एसपी नरेश सुवेदी घटनास्थल पुगेका छन्। बाढी र पहिरोले केरुङतर्फको सडक पूर्णरूपमा अवरुद्ध भएको छ।











प्रतिक्रिया