काठमाडौं ।
मुस्ताङ लोमान्थाङ गाउँपालिका–४ स्थित चुङजुङ गाउँमा बाढी आएको छ। गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार करिब एक घन्टादेखि निरन्तर बाढी आइरहेको छ र बाढीले कम्तीमा तीनवटा पुल बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
चुङजुङ खोला लोमान्थाङ क्षेत्र हुँदै कालीगण्डकी नदीमा मिसिन्छ। चुङजुङ खोलाको बाढी वडा नम्बर ४ हुँदै वडा नम्बर १ र २ तर्फ बगिरहेको छ। स्थानीय तहले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ भने आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी थालिएको छ।
स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा निकाय र स्थानीय वासिन्दाको सहकार्यमा निगरानी बढाइएको जनाइएको छ। बाढीबाट थप क्षतिको विवरण आउन बाँकी छ। त्यस क्षेत्रमा पानी भने परेको छैन ।











प्रतिक्रिया