जेठमा मात्रै रेमिट्यान्स पौने २ खर्ब भित्रियो


काठमाडौं।

जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह (रेमिट्यान्स) १७६ अर्ब ३२ करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा १२८ अर्ब ९१ करोड रुपियाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतलेबढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीकोसंख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही बढी हो ।