काठमाडौँ।
नेपाल–चीन सिमानाको लेन्डेखोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा फसेका कामदारहरुको उद्धार गरिएको छ।
गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।
यसैबीच, बाढीका कारण सम्पर्कविहिन भएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाको धादिङस्थित नं. ६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूली क्षेत्रतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेशी इलाकातर्फ थप फौज खटाइएको नेपाली सेनाले जनाएको छ।
बाढीबाट भएका क्षति र बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।











प्रतिक्रिया