काठमाडौं।
नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आगामी असोजमा हुने भएको छ ।
डीजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजित यस प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गर्ने सोमबार एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी गराए ।
प्रतियोगिता आगामी १५ देखि २४ असोजसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा २४ खेलहरूमा सम्पन्न हुनेछ । जसमा सिंगल राउन्ड रोबिन लिग प्रणालीमा प्रतिस्पर्धा गरिनेछ । लिगको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा भाग लिनका लागि टोली खरिद गर्नुपर्नेछ र खेलाडीहरूको अक्सन पनि हुनेछ । विजेताले २१ लाख रुपैया र उपविजेताले ११ लाख रुपैया प्राप्त गर्नेछन् । अध्यक्ष ज्ञानु सिंहका अनुसार यो लिगले उदीयमान क्रिकेट प्रतिभाहरूलाई सशक्त र समावेशी प्लेटफर्म प्रदान गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्य राखेको बताए ।
“स्ट्रीटदेखि स्टेडियमसम्म” भन्ने नाराका साथ एनएसपीएलले देशभरका युवालाई राष्ट्रिय स्तरमा आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर दिने लक्ष्य राखेको छ ।
साथै, एनएसपीएलले अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगका सुपरस्टार निखिल उप्रेती आफ्नो शतिशाली डाइलग डेलिभरी र एक्सनमा प्रसिद्ध छन् । उनी पर्दा बाहिर पनि उनी बौद्धिकता र व्यक्तित्वका कारण चर्चित छन् । ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपीएलसँग आबद्ध हुन पाउँदा उप्रेतीले अत्यन्त खुशी र गर्व महशुस गरेको बताए । उनले यस लिगले समग्र क्रिकेट खेलको प्रवर्धन गर्ने धारणा राखेका छन् । एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले उप्रेतीलाई स्वागत गर्दै उनलाई ब्राण्ड एम्बेसेडरको रूपमा लिन पाउँदा गर्व महसूस भएको बताए ।











प्रतिक्रिया