काठमाडौं ।
नेपाली कांग्रेसका नेता मोहन बराल सिन्धुलीमा इमानदार, निःस्वार्थ र सक्रिय जनप्रतिनिधिका रूपमा चिनिन्छन्। शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासमा सक्रिय बरालले दुर्गम बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्।
उनको नेतृत्वमा सञ्चालित शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर र सडक सुधार कार्यक्रमहरू जनस्तरमा प्रशंसित छन्। पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका बराल संगठन सुदृढीकरणमा पनि सक्रिय छन्।
राजनीतिमा शुद्धता र पारदर्शिताका पक्षपाती बराल युवाका लागि प्रेरणास्रोत मानिन्छन्। लोकप्रिय नेताका रूपमा चिनिएका उनले भने, “जनताको भरोसा नै मेरो बल हो।”












प्रतिक्रिया