काठमाडौं ।
भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती, ६८ वर्षीय ससुरा, ४५ वर्षीया सासू र ९ वर्षीय सालोलाई हत्या गरेका थिए। अभियुक्त राई आफैं घाइते छन् र धरानमै उपचार गराइरहेका छन्।
मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षण खर्च जुटाउन गाउँपालिकाको सचिवालयमार्फत संकलित १ लाख १४ हजार ८७१ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाले थप सहयोग गर्ने जनाएको छ।











प्रतिक्रिया