दोलखाको झाँक्रे जलविद्युतमा पहिरोको क्षति, टर्बाइन बिग्रियो


काठमाडौं ।

दोलखाको जिरी नगरपालिका–९ बसेरीस्थित झाँक्रे खोला जलविद्युत परियोजनामा वर्षासँगै आएको पहिरोले टर्बाइनमा क्षति पुर्याएको छ।

६३५ किलोवाट क्षमताको पावर प्लान्टको एक भाग पुरिँदा टर्बाइन बिग्रिएको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए।पहिरो पन्छाउने कार्य खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटरमार्फत गरिरहेको छ।

पहिले नै उपकरणमा समस्या आएर गत फागुनदेखि बन्द रहेको विद्युत उत्पादनमा पहिरोले थप क्षति पुर्‍याएको हो।विद्युत अवरुद्ध भएपछि केआरईसीले हाल ४०० किलोवाट क्षमताको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ।