काठमाडौं ।
कमलामाई नगरपालिका–१, सिन्धुलीमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष नरेश गोलेको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दाले सेवा प्रवाहमा ढिलासुस्ती, कर्मचारीको व्यवहार, स्वास्थ्य, शिक्षा, सडक लगायतका समस्याबारे गुनासो गरे। नगरप्रमुख पोखरेलले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ नियमित गरिने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष गोलले योजना छनोटमा जनचासोलाई प्राथमिकता दिने बताए।
कमलामाई नगरपालिकाको आयोजनामा तथा अंकपत्र मिडिया ग्रुप प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रम वडा कार्यालय परिसरमा आयोजना गरिएको थियो ।











प्रतिक्रिया