काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा आंशिकदेखि साधारण बदली छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही भागमा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया