हस्ताक्षर अभियानमा सहभागी सईमाथि कारबाही


काठमाडौँ।

सहकारी ठगीको मुद्दामा उच्च अदालत बुटवलको आदेशले पुर्पक्षका लागि भैरहवा कारागार रहेका रवि लामिछानेलाई छुटाउन रास्वपाले शुरु गरेको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई प्रहरीले कारबाही गर्ने भएको छ ।

प्रहरीको आचारसंहिता र मर्यादाविपरित जेलमा रहेका व्यक्तिलाई छुटाउन बर्दीमै पार्टी कार्यालय गएर हस्ताक्षर गरेपछि हेडक्वार्टरले छानविनमा तानेको छ ।उनी रास्वपाकाे बाँके जिल्ला पार्टी कार्यालयमा गएर हस्ताक्षर गरेका थिए ।