गाँजा सहित एकजना पक्राउ


उदयपुर ।

उदयपुरको बेलका नगरपालिका वडा नं १ अम्बासीबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागु औषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार अस्थायी प्रहरी चौकी अम्बासीबाट गस्तीमा गएको प्रहरीटोलीले रामपुर बजारतिरबाट सप्तरीको कञ्चनपुरतिर जाँदै गरेको स २ प ८२११ नम्बरको मोटर साइकललाई चेक जाँच गर्नेक्रममा प्रहरीले ५ केजी प्रतिबन्धित लागु औषध सहित मोटरसाइकलमा पछाडी सवार रहेका बेलका नगरपालिका ९ का ३० वर्षका युवराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटर साइकल चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले मोटरसाइकल, गाँजा सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।