जाजरकोटमा टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुङ्गा लागेर मृत्यु


काठमाडौं ।

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ।

नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला र १४ वर्षीया चमेलीको भिरमाथिबाट खसेको ढुङ्गा लाग्दा घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

बाख्रा हेर्न बनाएको अस्थायी टहरामा सुतिरहेका बेला राति ९ बजे दुर्घटना भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।