देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास भएकाले अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यिनै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ।