निजामती विधेयकको गडबडीबारे संसदीय छानबिन समिति बन्ने


काठमाडौं ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा गडबडी भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिले संसदीय छानबिन समिति गठन गर्न सभामुखलाई आग्रह गरेको छ।

बुधबारको समितिको बैठकले विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा मनोमानी थप भएको निष्कर्ष निकाल्दै, सच्याउन आवश्यक निर्णय पनि गरेको छ।

सभापति रामहरि खतिवडाले उक्त निर्णय मौखिक रूपमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन्। सभामुखले प्रमुख सचेतकहरूसँग परामर्श थालिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्केपछि मात्र समिति गठन गरिने सहमति भएको छ। यसबीचमा कागजात संकलन र प्रशासनिक तयारी गर्न संघीय संसद सचिवालयलाई जिम्मेवारी दिइएको छ।