रौतहटमा स्रोत नखुलेको २.५ लाखसहित अनुसन्धानका पूर्वकर्मचारी पक्राउ


काठमाडौं ।

रौतहटको गौरमा सशस्त्र प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउतलाई स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतको टाउकोको हेलमेटभित्र लुकाइएको रकम गौर भन्सार रोडमा चेकजाँचको क्रममा फेला परेको हो।

सशस्त्र प्रहरी गण नम्बर ११ का अनुसार पक्राउ परेका राउतलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।