श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा


बारा ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१०, मटिअर्वामा घरायसी वादविवादका क्रममा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति प्रहरीको नियन्त्रणमा आएका छन्।

प्राप्त जानकारी अनुसार, बच्चा मियाँले आफ्नी श्रीमती सहिना खातुनलाई घरायसी विवादका कारण घरभित्रै कुटपिट गरी मासु काट्ने दाब प्रयोग गरी टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।

हत्या भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा हत्यामा संलग्न बच्चा मियाँलाई घटनास्थलबाटै पक्राउ गरी हत्या गर्न प्रयोग गरिएको दाबसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।