काठमाडौँ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयमा पठाएकी हुन्।
भण्डारीले गत शनिवार औपचारिक रुपमा नेकपा एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। त्यसपछि उनले सरकारी सेवा सुविधा फिर्ता गरेकी हुन्। सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन्।











प्रतिक्रिया