काठमाडौं ।
आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ हुनेछ। त्यस्तै, साढे ८ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ।
बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल हुनेछ। सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।











प्रतिक्रिया