काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हाल वीर अस्पतालको भीआईपी क्याबिनमा उपचाररत हुनुहुन्छ । शनिवार साँझ अत्यधिक ज्वरो आउने तथा ‘कामज्वरो’ का लक्षण देखिएपछि उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो ।स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री पौडेललाई अस्पताल ल्याइएपछि डेंगु परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा स्याम्पल पठाइएको छ ।
मन्त्री पौडेलको सचिवालयले आइतबार जानकारी दिएअनुसार शनिवारको तुलनामा स्वास्थ्यमा सुधार आएको छ । उहाँ एक साताअघिदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । त्यसबेला निवासमै आराम गर्नुभएको थियो । केही सुधार भएपछि उहाँ थाइल्यान्डको बैंककमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको थियो । शुक्रवारमात्र उहाँ स्वदेश फर्किनुभएको हो ।
तर, स्वदेश फर्किएपछि फेरि स्वास्थ्यमा समस्या देखिएर शनिवार साँझ अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको हो ।











प्रतिक्रिया