नौ महिनापछि काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ। विधानअनुसार दुई महिनामा एकपटक बस्नुपर्ने बैठक करिब ९ महिनापछि बस्न लागेको हो।

बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ। साथै, १०० दिने अभियानमा खटिएका प्रतिनिधिहरूको प्रतिवेदन पेश हुने र प्रदेश सरकारका मन्त्रीहरूले आफ्ना मन्त्रालयका कामबारे जानकारी दिने कार्यक्रम रहेको छ।