विराटनगरमा विवाहमा डिजे नाच्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


मोरङ ।

विराटनगर–१८ मा विवाह समारोहमा डिजेमा नाच्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार राति करिब १:३० बजे विजय यादवका १७ वर्षीय छोरा अमित यादवलाई डिजेको तारबाट करेन्ट लागेको थियो।

गम्भीर अवस्थामा कोशी अस्पताल पुर्‍याइए पनि उनलाई बचाउन सकिएन। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।