काठमाडौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको घाँटी रेटी हत्या गरिएको घटनामा एक महिला पक्राउ परेकी छन्। राजकुमारको हत्या गरेर फरार रहेको आरोपमा डाक्नेश्वरी–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई सुनसरीको इनरुवा नगरपालिका–९ बाट पक्राउ गरिएको हो।
सप्तरी प्रहरीका अनुसार मृतकको मोबाइल र हत्या गरिएको चक्कु सरदारको साथबाट बरामद गरिएको छ। बिहीबार लवका पोखरी किनारमा राजकुमारको शव फेला परेको थियो। उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। सरदारलाई पाँच दिनको म्यादमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया