बैतडी ।
बैतडीको सिगास गाउँपालिका–२ खोल्टेमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। ५० वर्षीया तारादेवी धामी शुक्रबार बिहान घरनजिकैको ताछे भीरमा घाँस काट्न गएकी थिइन्।
दिउँसोसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उनलाई भीरबाट झन्डै १०० मिटर तल मृतावस्थामा फेला पारिएको हो। धामीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन्।











प्रतिक्रिया