काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं शुभजन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। निर्मल निवासमा आयोजना हुने समारोहमा जनचाहनाअनुसार शुभेच्छुक, संघ–संस्था र आम नागरिकहरूले पूर्वराजासँग शुभकामना र अभिवादन आदान–प्रदान गर्न पाउने जनाइएको छ।
सम्बाद सचिवालयका अनुसार उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारणका लागि खुला रहनेछ। कार्यक्रममा पूर्वराजाले शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम तय भएको सम्बाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन्।











प्रतिक्रिया