संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै,


काठमाडौं ।

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ। बैठकमा सांसद जगप्रसाद शर्माले खानेपानी पहुँच र ब्लिचिङ पाउडर उद्योग स्थापना सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभामा टेबुल गर्ने कार्यसूची रहेको छ। साथै, प्रतिनिधि सभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश पनि टेबुल हुने सम्भावना छ।