दाउन्नेमा ट्रक रोकिँदा नवलपुरका विभिन्न ठाउँमा सवारी थन्किए


काठमाडौं ।

दाउन्ने सडक खण्डमा मर्मतका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएपछि मालवाहक ट्रकहरू गैँडाकोट, मुकुन्दपुर, रजहर र बर्दघाटलगायत स्थानमा रोकिएका छन्। पूर्व–पश्चिम चल्ने ट्रकलाई गैँडाकोटबाटै नियन्त्रण गरिएको हो।

दाउन्नेमा पाँच सय टिप्पर ग्राभेल हालेर सडक मर्मत भइरहेको छ। ठूला सवारी चौबीसै घण्टा र सबै प्रकारका सवारी साँझ ७ बजेपछि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।