बुटवलको योगिकुटीस्थित विद्युत सबटेशनमा आगलागी, पश्चिम क्षेत्र अन्धकार


काठमाडौँ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० योगिकुटीमा रहेको विद्युत सब–स्टेसनमा आगलागी भएको छ। विधुत् सर्ट भएर मंगलबार राती ९ बजेतिर सब–स्टेसनमा आगलागी भएपछि अहिले बुटवलदेखि पश्चिम क्षेत्र अन्धकार भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त आगो प्रहरी, बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दमकलले तत्काल नियन्त्रणमा लिएका थिए।

नवलपरासीको सुनवलदेखि पश्चिम नेपालको पूरै विद्युत अवरूद्ध भएको विद्युत ग्रीड महाशाखाका इञ्जिनियर सूर्य प्रसाद पाण्डेले जानकारी दिए।

ट्रान्सफर्मर जलेपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत अवरूद्ध भएको बताइएको छ।