काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
आईतवार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले मन्त्रालयको बजेट असन्तुलित, पक्षपातपूर्ण र गैररणनीतिक रहेको टिप्पणी गरे।
उनले मन्त्रालय अन्तर्गत बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित महत्वपूर्ण विषयहरूलाई बजेटमा समावेश नगरिएको भन्दै चिन्ता व्यक्त गरे। मन्त्रालयको बजेट हेर्दा न त समावेशीता देखिन्छ, न त दीर्घकालीन योजना,उनले भने, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण तथा सशक्तीकरणजस्ता आधारभूत सवाल उपेक्षित छन्।
सांसद पाण्डेले बजेटको पुनरावलोकन गरी समावेशी र लक्षित वर्गप्रति उत्तरदायी बनाउने माग गरे। साथै, सामाजिक सुरक्षाको दृष्टिकोणले समेत यो मन्त्रालयको भूमिका महत्वपूर्ण भएकोले त्यसअनुरूप बजेट निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।











प्रतिक्रिया