–आजको कार्यपालिकाको बैठक स्थगित
–प्रमुख प्रशासकीय अधिकृतलाई बाइकट गरी बजेट ल्याउने अडानमा मेयर
–सदस्यसचिव नभई कसरी बैठक चल्छ ?
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कारण तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट आउने सम्भावना अत्यन्तै न्यून छ । मेयर साह र उपमेयर सुनिता डंगोलबीच एक्लाएक्लै बैठक बस्दा पनि समस्या समाधान हुन सकेको छैन । त्यसैका कारण कार्यपालिकाको बैठक अनिश्चित भएको हो ।
कार्यपालिकाको बैठक असार १० भित्र ल्याइसक्नुपर्नेछ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्छ । मेयर साह एकातिर र ४१ कार्यपालिका सदस्य अर्कोतिर हुँदा मुलुककै सबैभन्दा ठूलो कामपाको बजेट आउने विषयमा अन्योल छ ।
मेयर साहले कार्यपालिकाको सदस्यसचिव एवं कामपा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरार्गाइंलाई बैठकमा बोलाउन चाहनुहुँदैन । उपमेयर डंगोल, प्रवक्ता नवीन मानन्धरलगायत ४१ कार्यपालिका सदस्यले सदस्यसचिवको उपस्थिति नभई बैठक बस्नै नसक्ने अडान दोहोर्याएका छन् । बैठक बस्नुअघि कार्यपालिकाका सबै सदस्यलाई पत्र पठाउनेदेखि एजेन्डा तय गरेर बैठक सञ्चालन गर्ने जिम्मा लिन्छ उसैलाई बैठकमा नबोलाई कार्यपालिका र नगरपरिषद् गर्न खोज्नु मेयर साहको कच्चा काम हो ।
तर, मेयर साह प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक हुनै नसक्ने जिद्दी दोहो¥याउनुभएको छ । मेयर र उपमेयरबीच पटकपटक छलफल भएर आज आइतबार कार्यपालिकाको बैठक बस्ने तय भएको थियो । मेयरकै साहकै कारण स्थगित हुने भएको छ । स्रोतका अनुसार मेयर साह र उपमेयर डंगोलबीच लगातार चार दिनदेखि वार्ता जारी छ । मेयर साहले कार्यपालिकाको बैठक बस्ने सहमति जनाए पनि कार्यकारीकै कारण सम्भव छैन ।
चैत २१ गते मेयर साहको विरोधको बीच तामझाम साथ कार्यालय प्रवेश गराइएका प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंलाई मेयर साहले कार्यपालिका बैठकमा राख्न चाहनुभएको छैन । उपमेयरलगायत सबै कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गरी बैठक राख्न नहुने अडान राखेका छन् । सोही कारण कामपाको बैठक अनिश्चित भएको हो ।
‘प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना कसरी कार्यपालिका र नगर परिषद्को बैठक बस्न सम्भव छ ?’ –एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रसँग भने । उपमेयर डंगोललगायत ४१ कार्यपालिका सदस्यमध्ये मेयर साहबाहेक सबै उपमेयरको पक्षमा छन् । अस्ति शुक्रवार स्रोत समितिको बैठक राख्ने निर्णय भएको थियो । मेयर साहको ढिपीका कारण सो बैठक स्थगित भयो ।
सबै कार्यपालिका सदस्यले सदस्यसचिवबिनै उपस्थित नभएर गरिएको बैठक कानुनविपरीत हुन्छ । प्रवक्ता नवीन मानन्धरले कार्यपालिका, नगर परिषद्, स्रोत र बजेट समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृतको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था छ ।
कानुनतः नीति तथा कार्यक्रम र बजेट पारित गर्न नगर कार्यपालिका बैठक र नगरसभा दुवै अनिवार्य छ । नगर परिषद्को बैठकले बजेट पारित गर्नुअघि मेयर साह अध्यक्ष रहेको स्रोत अनुमान समितिको बैठक बस्नुपर्छ । मेयरले पप्रअलाई नराखी बैठक बस्ने जनाएपछि बैठक भाँडिएको हो । सो बैठकले गरेका निर्णय कार्यान्वयन गर्न उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिको बैठक बस्नुपर्छ । दुवै बैठकले पारित गरेको बजेट नीति तथा कार्यक्रम कार्यावयन गर्न नगर परिषद्को बैठक बस्नुपर्ने व्यवस्था छ । हालसम्म कुनै पनि समितिको बैठक बसेको छैन ।
मेयर साहले बजेट र नीति तथा कार्यक्रम पास गराउनकै लागि आफंैले विघटन गरेको समितिको संयोजकलाई फकाउन पुनः मनोनयन गर्नुभएको छ । चलाख मेयर आफूलाईअनुकूल बनाउन चारजना संयोजकलाई पुनः सोही पदमा नियुक्ति गर्नुभएको हो । तर, सबै संयोजकले शुरूकै अडान दोहो¥याउँदै प्रपअको अनुपस्थितिमा कार्यपालिकाको बैठक बस्न नसक्ने निर्णय गरेका छन् ।
यसैबीच बजेट र नीति तथा कार्यक्रमको योजना तय गर्न सबै विभागले अनुमानित बजेट पेस गर्ने तयारी गरेका छन् । विभागले पेस गरेको बजेटमाथि एजेन्डा तय गरेर कार्यपालिकाको बैठक बस्ने व्यवस्था छ । सो बैठकमा मेयरले कार्यक्रम अनुमादेदन गरेपछि बल्ल कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । बजेटको काम शुरू हुनै लाग्दा मेयर साहले प्रप्रअलाई नबोलाई बजेट पारित गर्न खोजेपछि द्वन्द्व बढेको छ ।











प्रतिक्रिया