काठमाडौं।
नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन। आठौं अधिवेशन तथा वार्षिक साधारणसभा मार्फत आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
यस्तै संघको दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन् । महासचिव पदमा मधु पौडेल, सचिव पदमा सुरेश पडवारी र कोषाध्यक्ष पदमा सन्दीप खनाल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित भएका छन्, यसैगरी डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी निर्वाचित भएका छन् । थप एक जना सदस्य भने अध्यक्षले चयन गर्नेछन् ।











प्रतिक्रिया