पच्चीस पत्रकारकाे स्वास्थ्य परीक्षण


नवलपरासी। 

जिल्लामा क्रियाशील पत्रकारहरूकाे स्वास्थ्य परीक्षण गरेर शंकर पाेलिक्लिनक कावासातीले  फोर डी अल्ट्रासाउन्ड सेवा शुभारम्भ गरेकाे छ ।

जिल्लामै पहिलो पटक फोर डी मेसिनबाट २५ जना संचारकर्मीहरूकाे पेटकाे भिडियो एक्सरे गरी  स्वास्थ्य परीक्षण गरिएको हाे ।

सोही क्रममा ५ पत्रकारले नि:शुल्क दन्त परीक्षण पनि गराएकाे अस्पतालका संचालक शंकर खरालले बताए ।

स्वास्थ्य परीक्षण तथा फोर डी भिडियो एक्सरे सेवा शुभारम्भका अवसरमा कार्यक्रमका अध्यक्ष रेडियाेलाेजिष्ट डा.अमित चाैधरीले फाेरडी सेवा टुडीकाे तुलनामा केही महङ्गो र उन्नत प्रविधिकाे रहे पनि अस्पतालले सेवाग्राहीलाई सहज ढंगले गुणस्तरीय सेवा दिन आग्रह गरे ।

साथै उनले भिडियो एक्सरे सेवा अन्य किसिमका एक्सरेकाे तुलनामा बढी सुरक्षित रहेकाेले शरीरमा देखिने स्वास्थ्य समस्या पहिचानमा याे सेवा शिशु  देखि सबैका लागि सहायक सिद्ध भएकाे बताए ।

युवा स्वास्थ्यकर्मी एवं ओषधी व्यवसायी खरालले बिगत २ दशक देखि स्थानीय थकाली चाेकमा संचालन गर्दै आएकाे पाेलिक्लिनिकमा नविनतम  फाेरडी अल्ट्रासाउन्ड वीथ एआई लगायत डेण्टल,डिजिटल एक्सरे, ल्याव,फार्फेसी, आकस्मिक तथा कन्सलट्यान्ट ओपिडी सेवा सुचारू रहेकाे बताइन्छ ।

कार्यक्रममा वरिष्ठ ल्याप्रेसकाेपी सर्जन डा.सूर्यज्याेति श्रेष्ठ, डेन्टल सर्जन डा. निकिता पिया,ओषधी व्यवसायी संघ नवलपरासीका पूर्व अध्यक्ष कमल नारायण श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।