खानेपानी संस्थानका ट्रेड युनियनद्वारा विनियमावली संशोधनको माग

महाप्रवन्धकलाई बुझाइयो १४ बुँदे ध्यानाकर्षण पत्र


काठमाडौँ। 

नेपाल खानेपानी संस्थानमा आबद्ध विभिन्न चार वटा ट्रेड युनियनहरुले यस अघि भएको निर्णय अनुसार खानेपानी संस्थान कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०८१ मा  संशोधन तथा थप गर्नुपर्ने सहमति भए अनुसारका विषय संशोधन गर्न माग गर्दै संस्थानका महाप्रबन्धक अर्जुन बहादुर ढकाललाई १४ बुँदे संशोधनका बुँदाहरू बुझाएका छन्  । त्यसरी बुझाइएका बुँदाहरुमा विनियमावलीमा थप गर्नुपर्ने विषय समेत उल्लेख गरिएको छ । 

 नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष समिर पण्डित, नेपाल खानेपानी संस्थान स्वतन्त्र कर्मचारी संघका अध्यक्ष झग बहादुर डाँगी, नेपाल राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्का अध्यक्ष भीमसेन पोखरेलले संशोधन र थप गर्नुपर्ने विषयहरु समेटिएको पत्र संयुक्त रुपमा महाप्रबन्धक ढकाललाई बुझाएका हुन्।

 सो क्रममा उनीहरुले  विगतमा भएको सहमति अनुसार नै विनियमावलीमा आवश्यक संशोधन र थप गर्नुपर्ने भन्दै  महाप्रबन्धक ढकालको  गम्भीर ध्यानाकृष्ट गराएका थिए । ध्यानाकर्षण पत्र बुझाएलगत्तै  विनियमावली ल्याउन लामो समयदेखि अग्रसर रहँदै आएका कर्मचारी संगठनका अध्यक्ष समीर पण्डितले सोचे जस्तो विनियम  प्राप्त हुन नसकेकोमा दुख व्यक्त गर्दै केही  समस्या समाधान हुने र बाँकी रहेका ४-५ तहका करार कर्मचारीलाई सकेसम्म कार्यरत वर्षका हिसाबले १ महिना उपदानको व्यवस्था गराउन आफू निरन्तर लाग्ने र सो नभएमा सामाजिक सुरक्षा कोषमा लैजान संगठनको सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाए ।