ढुंगाले हानेर  लिम्बुको हत्या गर्ने लावती पक्राउ


झापा । 

झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य विक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो । 

 सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । 

 यस सबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।