जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठको मृत्यु


बिर्तामोड ।

जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको हो ।

तीन दिनअघि जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत रहेका थिए । तर स्वास्थ्यमा सुधान नभएपछि बिहीबार साँझ छोरा तेजबहादुर श्रेष्ठले घर ल्याएका थिए ।

हिजै राति नै करिब ८ बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

हात्तीको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अस्पतालले जनाएको थियो । श्रेष्ठलाई यही असार २ गते हात्तीले आक्रमण गरेको थियो ।