बाख्रा चोरी गर्न आएका समूहमाथि खुकुरी प्रहार, एक जनाको मृत्यु


सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामधुनी ४ का बाख्रा चोर राकेश चौधरी रहेको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकको विराटनरमा पोष्टमार्टम गरिएको छ भने खुकुरी प्रहार गर्ने सन्तोषलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।