काठमाडौँ।
प्रधान सेनापति अशोक राज सिग्देल कलेज हल अफ फेमबाट सम्मानित भएका छन्। श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित अधिष्ठापन समारोहमा शिक्षाध्यक्ष उपरथी चोक बहादुर ढकालले प्रधान सेनापतिलाई कलेज हल अफ फेम प्रदान गरेका हुन् ।

विभिन्न शिक्षण संस्थाहरूबाट तालिम प्राप्त गरेका शिक्षार्थीहरू मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरूलाई सम्मान गर्ने र उनीहरूको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरूप सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उक्त समारोह आयोजना गरिएको हो ।
नेपाली सेनाको इतिहासमा सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट दीक्षित हुने शिक्षार्थीहरू मध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी सिग्देल तेस्रो हुन । यस अघि महारथी प्रभुराम शर्मा (अ.प्रा.) र महारथी पूर्णचन्द्र थापा (अ.प्रा.) ले पनि उक्त सम्मान प्राप्त गरेका थिए ।

उक्त अवसरमा प्रधान सेनापतिले सैनिक कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण गरी कलेजको विविध पक्षबारे जानकारी समेत लिएका थिए ।

अधिष्ठापन समारोहमा पूर्व प्रधानसेनापतिहरू, त्रि.वि.का उपकुलपति तथा प्राध्यापकहरू, सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक, नेपाली सेनाका बहालवाला एवं अवकाशप्राप्त रथीबृन्द, सैनिक कमाण्ड तथा स्टाफ कलेजका पूर्व शिक्षाध्यक्षहरु लगातय सैनिक कमाण्ड तथा स्टाफ कलेजका विदेशी तथा स्वदेशी शिक्षार्थीहरूको उपस्थिति थियो ।











प्रतिक्रिया