रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षी दलबीच  छलफल सकियो, सत्तापक्षसँग सुरु


काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच बुँदे मागवारे छलफल सकिएकाे छ । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूका बिचमा छलफल सकिएकाे हाे ।

रास्वपाद्वारा काँग्रेस समक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी रहेका थिए ।

 सो छलफल पछि  साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने जानकारी दिने माओवादी नेता पुनले दिए पनि बाहिर सार्बजनिक गरिएको छैन ।

 अहिले सभामुख देवराज घिमिरेसहित सत्तारूढ दलसँग प्रतिपक्षी दलले छलफल गरिरहेका छन् ।