इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त


काठमाडौं ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँ सोही लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुनुहुन्थ्यो । आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।