भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै हुँदैन, व्यवहारमा देखिनुपर्छ : नेता कोइराला


भक्तपुर ।

नेपाली काँग्रेसका सांसद डां शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले प्रतिशोधको भावना लिएर नहुने भन्दै कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने जिकिर गरे ।

नेता कोइरालाले भने देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे ।

नेता कोइरालाले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे ।