रौतहट।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्धा दायर गरेको बताए । गृहनगर रौतहटको गौर आएका बेला बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्बप्रधानमन्त्री नेपालले पतञ्जली जस्तो संस्थामा यस्तो कुरा भएको आफूले कल्पना समेत नगरेको बताए ।
आफनो ब्यक्तिगत जीबन र राजनीति चरित्र समाप्त पार्न आफूबिरुद्ध सुरु देखिनै प्रधानमन्त्री केपी शर्मा ओली लागिपरेको बताए । पहिलेदेखि पटक पटक लागेको हुनाले प्रधानमन्त्री ओलीको नियति बदलाको भाव लिने व्यक्ति भएको बताए ।
आफूले अहिले बोल्दा बदलाभको भाव देखिने भएकाले सबै हेर्ने न्याय जिउँदै भएकाले न्याय भन्दा ठूलो र सत्य भन्दा ठूलो कुरा केही नहुने भएकाले नडराउनु नबिराउनु भने झै आफूले अनुचित कार्य नगरेको बताए । के-के भएको हो आफूलाई त्यसबारे जानकारी नभएकाले कानुन ब्यबसायीको परामर्शबाट आफू अघि बढ्ने बताए । त्यस समयमा विभिन्न मन्त्रालयबाट कसले केके कागजपत्र ल्याए, कल्ले कक्ले के के सिफारिस गरे कसले लुज प्वान्ट राखे याबत बिषयमा बुझेर मुध्दाको बिषयमा बोल्ने बताए । तथापि उनले आफू कुनै पनि खराब नियतबाट लाभ उठाएर भ्रष्टाचार गरेर कुनै पनि कामको आफूले आदेश नदिएको बताए। पतञ्जलि जग्गाको हदबन्दी छुट प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री नेपालको यस्तो प्रतिक्रिया आएको हो ।











प्रतिक्रिया