भक्तपुर।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले विकास र समृद्धिका लागि देशमा काम नै गर्न नपाएको बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले नेपालमा राजनीतिक दलले जम्मा १५ वर्ष मात्र काम गर्न पाएका बताए । बाँकी सबै समय यो देशमा राजतन्त्रले राज गरेका बताउँदै उनले राजनीतिक दलले छोटो समयमा पनि धेरै काम गरेका दाबी गरे । ‘नेपालका राजनीतिक दलले छोटो समयमा देश विकासको लागि उल्लेख्य काम गरेका छन्’, उनले भने ।
पोखरेलले नेपालका राजनीतिक दल मध्ये एमाले सबैभन्दा बढी देशको समृद्धिका लागि काम गर्ने पार्टी भएको दाबी गरे । उनले नेकपा एमालले राम्रो काम गरेकै कारण एमालेमाथि आक्रमण भइरहेको बताए ।
एमालेमाथि राजवादी, मण्डले, आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट विरोधी, लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले सामूहिक रूपमामाथि आक्रमण गरिरहेका पोखरेलले बताए । उनीहरूले एमाले हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने देखेर एमाले माथि सामूहिक आक्रमणको प्रयास गरिरहेका पोखरेलको भनाइ छ ।
एमालेले देशका लागि धेरै काम गरेको भए पनि अझै धरै गर्नुपर्ने उनले बताए । यसका लागि अनुकूल वातावरण नबन्दा एमालेले सोचे जति काम गर्न नसकेको उनको भानाइ छ । ‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता देश विकासमा बाध बनेको छ’, उनले भने ।
त्यसले एमालेले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन चाहेको उनले बताए । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सकार आवश्यकता रहेको उनले सुनाए । एमालेको एकल सरकार नबन्दासम्म एमालेको नीति जति राम्रो भए पनि नेतृत्व जतिसुकै सबल भए पनि त्यसलाई देशको समृद्धमा प्रयोग गर्न नसकिने पोखरेलले बताए । त्यसैले प्रचारको कामलाई सबल बनाइ एमालेको मिसन २०८४ लाई सफल बनाउने काममा लाग्न उनले आग्रह गरे ।











प्रतिक्रिया