काठमाडौँ ।
आजको प्रतिनिधिसभा बैठक सवा ३ बजेसम्मका लागि सारिएको छ। सभामुखको सचिवालयले संसद भवनमा सूचना टाँसेर बैठक सारिएको जानकारी गराएको हो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो। तर, विपक्षी दलहरूसँग सहमति जुट्न नसकेकाले बैठक तोकिएको समयमा सुरु हुन सकेन।
गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल लगायत विपक्षीहरू आफ्नो अडानमा अडिग छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै आएका छन्।
यसबीच, सत्तापक्षले भने पहिले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने र त्यसपछि मात्र अन्य विषयमा छलफल हुन सक्ने आफ्नो अडान यथावत राखेको छ। दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो।
सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले बैठक अघि बढाउने वा अर्को मितिमा सार्ने विषयमा आन्तरिक छलफल गरेका थिए। त्यसैअनुसार बैठक केही समयका लागि सारिएको जनाइएको छ।











प्रतिक्रिया