कामपा प्रहरी बल प्रमुख जोशीले कमाण्ड सम्हाले 


काठमाडौँ ।

 काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले भर्खरै पदभार ग्रहण गरेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले प्रमुखको जिम्मेवारी दिए लगत्तै अहिले साढे ५ बजे पदभार ग्रहण गरेका हुन् । 

  कमाण्ड सम्हाल्दै उनले आफ्नो जिम्मेवारी अनुसार सुरक्षा व्यवस्था कायम गर्ने बताए । न्युज अफ नेपालसँग कुरा गर्दै उनले भने–आफूले पाएको जिम्मेवारी पुरा गर्नेछु । प्रहरी प्रमुख जोशीलाई वरिष्ठताको आधारमा कामपा प्रहरी बलको जिम्मेवारी दिएको हो । 

 प्रपअ गुँरागाईले  दिएको पत्रमा भनिएको छ –‘तपाईलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजकै मितिबाट लागु हुनेगरी कामपा महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारीमा रही कामकाज गर्नुहुन निर्देशन छ ।  सो पत्रको बोधार्थ मेयर, उपमेयर, प्रशासन विभाग र कामपा प्रहरीबललाई दिइएको छ । काठमाडौँ  प्लाजामा रहेका प्रहरी प्रमुख जोशी वागदरबार  मुख्यालयमा पुगेर कमाण्ड सम्हालेका थिए ।