काठमाडौँ।
सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार बिहान भएको वार्ता निष्कर्षविहीन बनेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघले बताएको छ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाकाअनुसार वार्ता सकारत्मक रहेको र पुन: वार्ता समितिले छलफल गरी समस्याको समाधान निकाल्ने सहमति भएको छ ।
विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभर सार्वजनिक यातायात ठप्प छन्। गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।











प्रतिक्रिया