१३ सय आयोजनामध्ये कुन–कुनमा बजेट पर्ला ?

2.82k
Shares

काठमाडौं

सरकारले अहिले केहीबेरमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छ । उक्त बजेटमा कस्ता र कुन कुन आयोजना समाविष्ट होलान् भन्ने चासो सर्वत्र छ । राष्ट्रिय योजना आयोगको ‘राष्ट्रिय आयोजना बैंक’ मा समाविष्ट आयोजनाबाटै आगामी आवमा बजेट विनियोजन हुने अपेक्षा गरिएको छ । आयोगेको ‘राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा हालसम्म ९ खर्ब २० अर्ब रुपियाँबराबरका १ हजार ३२७ आयोजना प्रविष्ट भएका छन् ।

आयोगका अनुसार तीमध्ये ११७ नयाँ, ८९ क्रमागत र १ हजार १२१ अध्ययनका चरणमा रहेका आयोजना छन् । लागत संरचनाअनुसार ९७ अर्ब १९ करोड नयाँ आयोजना, ८ खर्ब २३ अर्ब क्रमागत र ३२ अर्ब ६४ करोड अध्ययन प्रयोजनका लागि विनियोजन गरिएको देखिन्छ ।

राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ अनुसार न्यूनतम ३ करोड लागतका आयोजना मात्रै संघीय सरकारका तर्फबाट आयोजना बैंकमा प्रविष्ट गर्न सकिने व्यवस्था गरिएको छ ।

३ करोडभन्दा कम लागत भएका १ हजार १४१ आयोजना पुराना प्रविष्ट हुन्, जुन नयाँ मापदण्ड लागू हुनु अघि प्रणालीमा सूचीकृत भएका थिए । चालु वर्षमा ३ करोडभन्दा कम लागत भएका कुनै आयोजना प्रविष्ट भएका छैनन् ।

विभिन्न मन्त्रालयहरूले प्रविष्ट गराएका आयोजनामध्ये शहरी विकास मन्त्रालयका १ हजार १४७ आयोजना (८६.५८ प्रतिशत), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ८२ आयोजना (६.१७ प्रतिशत) र गृह मन्त्रालयका ६१ आयोजना (४.५९ प्रतिशत) रहेका छन्।

त्यसैगरी, १ अर्बभन्दा बढी लागत भएका ४० आयोजना प्रविष्ट छन्। तीमध्ये सबैभन्दा धेरै १९ आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका छन् भने ११ आयोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हुन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ मा उल्लेख भएअनुसार संघीय मन्त्रालयहरूले आगामी ५ वर्षमा कार्यान्वयन गरिने आयोजना आयोग र अर्थ मन्त्रालयमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

आयोजना बैंकमा समावेश गरिएका आयोजनाहरु

– जेठ १३ गतेसम्म आयोजना बैंक प्रविष्ट आयोजना : १,३२७ वटा

– अनुमानित कुल लागत : ९ खर्ब २० अर्ब रुपियाँ

– नयाँ आयोजना : ११७ वटा (८.८१%), लागत : ९७ अर्ब १९ करोड

– क्रमागत आयोजना : ८९ वटा (६.७०%), लागतः ८ खर्ब २३ अर्ब

– अध्ययनका आयोजनाः १,१२१ वटा (८४.४७%), लागतः ३२ अर्ब ६४ करोड

– ३ करोडभन्दा कम लागतः १,१४१ आयोजना (अघिल्लो वर्षमा प्रविष्ट)

– ३–५ करोड : ७९ आयोजना

– ५–१० करोड : ४४ आयोजना

– १० करोड–१ अर्ब : २३ आयोजना

– १ अर्बभन्दा बढी लागत : ४० आयोजना

– १ अर्बभन्दा बढी लागत भएका ४० आयोजनामध्येः १,३२७ वटा

– नयाँ आयोजना : ११७ वटा (८.८१%), लागत : ९७ अर्ब १९ करोड

– क्रमागत आयोजना : ८९ वटा (६.७०%), लागतः ८ खर्ब २३ अर्ब

– अध्ययनका आयोजनाः १,१२१ वटा (८४.४७%), लागतः ३२ अर्ब ६४ करोड

– ३ करोडभन्दा कम लागतः १,१४१ आयोजना (अघिल्लो वर्षमा प्रविष्ट)

– ३–५ करोडः ७९ आयोजना

– ५–१० करोडः ४४ आयोजना

– १० करोड–१ अर्बः २३ आयोजना