काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ कुरा गर्दै शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ।
उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे।











प्रतिक्रिया