प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित


काठमाडौं। 

प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए।

 बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए।

 संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २:३० बजे बस्ने भनिएको थियो।

 सो समयसिमा भित्र पनि बैठक बस्न नसके पछि सूचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।