निर्माणको क्रममा पुलमा क्षति पुगेपछि पृथ्वीराजमार्ग अवरुद्ध 

6.02k
Shares

धादिङ ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्यागंखोला पुलमा  क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । 
जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो ।  त्यसैगले आज बिहान १० बजेदेखि महादेवबेशी–काठमाडौं सडकखण्ड दुबै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । 

पुल निर्माणको क्रममा उत्पन्न भाइब्रेसनका कारण पुरानो संरचना कमजोर बनेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। अब निर्माण कार्य र अवस्थाको मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

यसैबीच, साना चारपाङ्ग्रे सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। ती सवारी साधनहरूलाई गल्छी हुँदै नुवाकोटको बाटो भएर काठमाडौंतर्फ पठाउने व्यवस्था मिलाइएको थाक्रे गाउँपालिकाले जानकारी दिएको छ।