रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ।पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले शनिबार नै बस्नेगरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो।

आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको रास्वपाले जनाएको छ।

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्नेछ।

बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको बताइएको छ।